डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मीराकुमारीविरुद्ध उजुरी, भारतीय नागरिक रहेको दाबी
सप्तरी।सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मीराकुमारी यादव भारतीय नागरिक रहेको दाबी गर्दै उजुरी परेको छ।गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा एमालेबाट डाक्नेश्वरी नगरपालिकाको उपप्रमुखमा निर्वाचित यादवविरुद्ध कीर्ते गरी नागरिकता लिएको आरोपसहित जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता भएको हो ।
‘प्रशासनमा उजुरी दर्ता भएको सुनेको छु,’ सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले भने । उपमेयर यादव र उनका पति महेन्द्रकुमार यादव भारतको बिहारस्थित मझारी पञ्चायत अन्तर्गतको मझारी गाउँका स्थानीय भएको उजुरीमा दाबी गरिएको छ । मीरा, महेन्द्रसहित उनीहरुका सन्तानले समेत झुठा विवरण पेस गरेर नागरिकता लिएको आरोप उजुरीमा लगाइएको छ ।
भारतको निर्वाचन नामावली २०२२ मा मीराको नाम रहेको दाबी गरिएको छ । अनुमण्डलीय न्यायालय, निर्मलीमा महेन्द्र र मीराले पेस गरेको शपथपत्र तथा भारत निर्वाचन आयोगबाट लिएको पहिचानपत्र समेतबाट उनीहरू भारतीय रहेको प्रमाणको रुपमा उजुरीमा समावेश गरिएको छ ।
तर, प्रमाणको रुपमा पेस गरिएका कागजात र आरोपको सत्यता अनुसन्धानबाट मात्र खुल्ने भएकाले अहिले नै दोषीको रुपमा हेर्न नमिल्ने सहायक प्रमुख जिल्ला अधिकारी गिरीले बताए ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment