देशभर थपिए ६६० कोरोना संक्रमित, थप एकको मृत्यु

डिसी नेपाल
२१ साउन २०७९ १६:४४
52
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६६० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा थप एक जनाको मृत्यु भएको छ ।

४ हजार ६८२ स्वाब परीक्षण गर्दा ६६० जनामा संक्रमण देखिएको हो । उनीहरूमध्ये १ हजार ९४२ जनाको पीसीआर परीक्षण गर्दा ३२६ जनामा र २ हजार ७४० जनाको एन्टिजन परीक्षण गर्दा ३३४ जनामा संक्रमण पुष्टि भएको छ ।

आज एक जनाको ज्यान गएसँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ९७१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४४४ जना निको भएको मन्त्रालयले जनाएको छ । योसँगै सक्रिय संक्रमितको संख्या पाँच हजार ६४१ पुगेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.