आजका लागि समय पाएका आवेदकले सोमबार र मंगलबार राहदानीको आवेदन पेस गर्न पाउने

डिसी नेपाल
२२ साउन २०७९ ७:१८
576
Shares

काठमाडौं। राहदानी (पासपोर्ट) लिनको लागि प्रत्येक दिन ११ बजे आवेद फारख खुल्ने गरेको छ।

गत मंगलबारबाट सुरु गरिएको यस व्यवस्थामा आज(आइतबार) का लागि प्राविधिक त्रुटिका कारण अत्यधिक मात्रामा अपोइन्टमेन्ट भएकाले त्यसलाई सोमबार र मंगलबारका लागि फारम पेस गर्ने मिति तोकिएको राहदानी विभागले एक सूचना जारी गर्दै जनाएको छ।

विभागले आवेदन फारममा उल्लेख भएको अपोइन्टमेन्टहरु ००:००, ००:३०, १:३०, २:००, २:३०, ३:००, ३:३०, ४:०० र ४:३० लाई आजका लागि आवेदन फारम पेस गर्ने मिति तोकेको छ।

यस्तै, आइतबार नै भएका अपोइन्टमेन्टहरु ५:००, ५:३०, ६:००, ६:३०, ७:००, ७:३०, ८:००, ८:३०, ९:०० र ९:३० लाई सोमबार र १०:००, १०:३०, ११:००, ११:३०, १२:००, १२:३०, १३:००, १२:३०, १४:०० र १४:३० को अपोइन्टमेन्टहरुलाई मंगलबार आवेदन फारम पेश गर्ने मिति तोकिएको विभागले जनाएको छ।

विभागले एमआरपीको बहाल अवधि १ वर्षभन्दा कम भएमा मात्र राहदानी नवीकरणको लागि विद्युतीय राहदानीमा आवेदन गर्न सकिने जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *