मनोहरा खोला क्षेत्रका सुकुमबासी बस्ती डुबानमा
फाइल फाेटाे।
काठमाडौं। काठमाडौं उपत्यकामा मंगलबार राति परेको झरीका कारण बागमती र सहायक नदीमा पानीको बहाव उल्लेख्य बढेको छ। भक्तपुरको मनोहरा खोला वरपरका सुकुमबासी बस्तीमा बाढी पसेको छ।
मनोहरा खोलाको पानी वस्तीमा पस्दा भक्तपुरका केही क्षेत्र डुबानमा परेका छन्। विशेषगरी सुकमबासी वस्तीमा पानी पसेको हो। त्यहाँ रहेका केही टहरासमेत बाढीले बगाएको छ।
काँडाघारीमा रहेको प्रहरी प्रभाग र केही बस्ती डुवानमा परेको प्रहरीले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ । प्रदेश १,बागमती र गण्डकीका एक वा दुई स्थानमा भारी वर्षाको पनि हुनसक्ने आकलन गरिएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment