पार्टी हित विपरित गतिविधिमा संलग्न कार्यकर्तालाई कारवाही गर्ने युवा संघको निर्णय
काठमाडौं। नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले स्थानीय तह निर्वाचनमा पार्टी हित विपरित गतिविधिमा संलग्न नेता कार्यकर्तालाई स्थानीय पार्टी कमिटीको सिफारिसका आधारमा कारवाही गर्ने निर्णय गरेको छ।
युवा संघको साउन १४-१५ मा सम्पन्न बैठकको निर्णय सार्वजनिक गर्दै युवा संघले आगामी दिनमा संघलाई व्यवस्थित र गतिशिल तरिकाले अगाडि बढाउने निर्णय गरेको जानकारी दिएको छ। बैठकले युवा संघको पोखरामा सम्पन्न केन्द्रीय कमिटीको बैठकदेखि हालसम्म बसेको केन्द्रीय कार्यालय कमिटीको बैठकका निर्णय संघका केन्द्रीय कार्यालय सदस्य सन्तोष रावलले प्रस्तुत गरेको निर्णयलाई सर्वसम्मत रुपले पारित गरेको छ।
बैठकमा युवा संघका संयोजक किरण पौडेलद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन, सहसंयोजक सञ्जिवकुमार झाद्वारा प्रस्तुत सांगठकिन प्रतिवेदन र केन्द्रीय कार्यालय कमिटी सदस्य अमित लामाद्वारा प्रस्तुत आर्थिक प्रतिवेदनमाथि छलफल गर्दै प्राप्त सुझावलाई प्रतिवेदनमा समावेश गर्दै सर्वसम्मतिका साथ पारित गरेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment