मनोहरा खोलाको वितण्डा (फाेटाेफिचर)
काठमाडाैं। मंगलबार राति भक्तपुरको मनोहरा खोलामा आएको बाढी बस्तीमा पसेपछि आसपासका केही क्षेत्र डुवानमा परेका छन्। भक्तपुरको मनोहरा खोला वरपरका सुकुमबासी बस्तीमा बाढी पसेको छ।

मनोहरा खोलाको पानी वस्तीमा पस्दा भक्तपुरका केही क्षेत्र डुबानमा परेका छन्। विशेषगरी सुकमबासी वस्तीमा पानी पसेको हो। त्यहाँ रहेका केही टहरासमेत बाढीले बगाएको छ।

काँडाघारीमा रहेको प्रहरी प्रभाग र केही बस्ती डुवानमा परेको प्रहरीले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ । प्रदेश १,बागमती र गण्डकीका एक वा दुई स्थानमा भारी वर्षाको पनि हुनसक्ने आकलन गरिएको छ।



No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment