बालाजुको जुत्ता कारखानामा आगलागी
काठमाडौँ। काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ। काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी भएको हो।
जिल्ला प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बालाजु बाइपास नजिकको एक जुत्ता कारखानामा आगलागी भएको जानकारी दिए। अहिले आगो निभाउने प्रयास भइरहेको उनले बताए।
अहिले उक्त स्थानमा प्रहरी टोली पुगिसकेको छ। यस्तै आगलागी नियन्त्रणमा लिन दमकलको समेत प्रयोग भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment