कमेडियन राजुका भाइ काजु पनि एम्समा भर्ना, दाजुबारे बताइएन

डिसी नेपाल
२६ साउन २०७९ १३:४३
900
Shares

काठमाडौं । हास्यकलाकार राजु श्रीवास्तवको अवस्था नाजुक रहेको छ । उनलाई भेन्टिलेटरमा राखिएको छ । उनको दिल्ली एम्सको आईसीयूमा उपचार भइरहेको छ । राजुका पीआरओ गर्वित नारङले भने, ‘डाक्टरले साँझ एन्जियोप्लास्टी गरेका छन् तर उनको मस्तिष्कले अहिले प्रतिक्रिया दिइरहेको छैन । यसमा कुनै हलचल छैन । २३ घण्टाभन्दा बढी भइसक्यो। अझै होश आएको छैन । पल्स पनि ६०-६५ को बीचमा छ। राजुको मुटुको मुख्य भागमा शतप्रतिशत अवरोध थियो । यसै क्रममा गरवितले राजुका भाइ काजुको पनि एम्समा उपचार भइरहेको बताए ।

राजुका भाइ काजु श्रीवास्तव एम्समा भर्ना भएका छन् । उनको कानको मुनिको गाँठोको शल्यक्रिया गरिएको छ । उनी विगत ३ दिनदेखि एम्समा भर्ना छन् । तर राजु श्रीवास्तवको स्वास्थ्यबारे उनलाई कुनै जानकारी दिइएको छैन। राजुको एम्सकै दोस्रो तल्लामा रहेको कार्डियाक युनिटको आईसीयूमा उपचार भइरहेको छ । यसै क्रममा काजुको तेस्रो तल्लामा उपचार भइरहेको छ । परिवारका २ छोरा अस्पतालमा भर्ना भएपछि सिंगो परिवारमा शोकको माहौल छ ।

राजुका नजिकका मकबुल निसारले राजुले होटलको जिममा बिहानको कसरत गरिरहेको बताए । यसै क्रममा ट्रेडमिलमा दौडदै गर्दा उनको छातीमा पीडा भयो र उनी लडे । त्यसपछि उनलाई तत्काल अस्पताल भर्ना गरिएको थियो । राजु श्रीवास्तव पार्टीका केही ठूला नेताहरूलाई भेट्न दिल्ली पुगेको उनले बताए। राजु २०१४ मा भाजपामा प्रवेश गरेका थिए । उनी ३१ जुलाईसम्म लगातार शो गर्दै थिए, उनको अगाडि धेरै सहरमा शो लाइन अप छन्।

आफ्नो उत्कृष्ट कमेडीका लागि परिचित छन्। उनले धेरै चलचित्र र टिभी कार्यक्रममा पनि काम गरिसकेका छन् । वर्षौंदेखि राजुले आफ्नो कमेडीले जनताको मनमा राज गर्दै आएका छन् । उनी उत्तर प्रदेश फिल्म विकास परिषद्का अध्यक्ष पनि हुन्। राजुलाई सानैदेखि हास्य कलाकार बन्ने रहर थियो र उनले आफ्नो सपना पूरा पनि गरे । उनले आफ्नो करियर एक स्टेज कलाकारको रूपमा सुरु गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.