आध्यात्मिक ज्ञान आर्जन गर्न धामीझाँक्री गुफा बस्छन्
तेह्रथुम। जनैपूर्णिमा तेह्रथुमको छथर गाउँपालिकाका धामीझाँक्रीहरूको लागि महान पर्व हो। उनीहरू नाग पञ्चमीदेखि धामी घरघरमा थान लगाएर १० दिनसम्म निरन्तर चिन्ता बस्ने गर्ने गरेका छन्। १० दिनको रात आध्यात्मिक ज्ञान आर्जनका लागि विभिन्न देवस्थलहरुमा गुफा बस्न जाने गरेका छन्।
यहाँका धामीहरू विषेश गरी मार्गपोखरीमा गुफा बस्ने र ज्ञान लिन गरेको धामी कान्छाबहादुर लिम्बुले बताए। उनी भन्छन्, ‘हामी १० दिनसम्म घरघरमा चिन्ता बस्छौँ । १० दिनको रात गुफा बस्न जाने गुफा बस्न जान्छौँ, नजाने गुरुकोमा जाने गर्छाैँ र पूर्णिमाको दिन शुक्रबार बजारमा रहेको रत्नदेवी मन्दिरमा आएर पूजा गर्छाैँ।’
उनले आफ्ना धेरै चेलाहरूलाई ज्ञान आर्जन गर्न गुफा बसाउन लैजाने गरेका छन्। खासगरी भर्खर उत्रिँदै गरेका धामीहरू ज्ञान आर्जनका लागि गुफा बस्ने गर्छन्। सबैले मान्ने गुरुले आफ्ना चेलाहरूलाई आध्यत्मिक ज्ञान आर्जनका लागि गुफा बसाउन लाने गर्छन्। पूर्णिमाको अघिल्लो दिन रात गाउँका सबै धामीहरू भेला भएर गुफा तथा गुरुकोमा पुग्ने गरेका छन्। गुफा बस्न छथरको मार्गपोखरी लगायत विभिन्न देवस्थलहरूमा पुग्ने गरेका छन्।
पूर्णिमाको दिन गुफाबाट फर्किएपछि बजारको वरिपरि नाँच्दै घर फर्किने गरेका स्थानीयहरूले बताउने गरेका छन्। तेह्रथुमको छथर शुक्रबारेमा भदौरे पूर्णिमा (जनैपूर्णिमा)को मुख्य आकर्षण नै धामीझाँक्रीको कला प्रर्दशन हो।
धामीझाँक्रीहरूको मौलिक कलालाई संरक्षण,सम्वर्द्धन तथा प्रोत्साहन गर्न रत्नदेवी युवा सेवा समाज छथर शुक्रबारेले विगतका वर्षदेखि सम्मान कार्यक्रम गर्दै आएको छ। विभिन्न टाउँबाट आएका धामीहरूलाई बजारमा कार्यक्रमका साथ सम्मान रुपमा नगद प्रदान गर्दै आएको समाजका अध्यक्ष अनिल आंखेवाले बताए।
‘हामीले मौलिक कला,संस्कृतिलाई प्रवर्द्धन, संरक्षण तथा प्रोत्साहन गर्ने उद्देश्यका साथ विगतका वर्षदेखि धामीहरूलाई सम्मान गर्दै आएका छौँ र यस वर्ष पनि गरेका हौँ । हाम्रो सानो सम्मानले धामीहरूलाई प्रोत्साहन पुग्छ भन्ने विश्वास छ,’ उनले भने।
तेह्रथुम, धनकुटा र पाँचथर लगायतका जिल्लाका धामीहरू भदौरे पूर्णिमा आउने गर्छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment