कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
फाइल फाेटाे।
काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज शनिबार बस्दै छ। समितिको बैठक आज बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो।
बैठकमा आगामी निर्वाचन तयारी, निर्वाचन प्रयोजनका लागि दल दर्ता, भदौ २ देखि २४ गतेसम्म देशव्यापी सञ्चालन हुने संगठन सुदृढीकरण अभियान, यही साउन ३० र ३१ गते हुने जनप्रतिनिधिको भेलाको विषयमा छलफल हुने पार्टी प्रवक्त प्रकाशसरण महतले बताए ।
सरकारले आगामी मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्ने घोषणा गरिसकेको छ ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment