आमिर खान होइन शाहरुख खान हुन्थे लाल सिंह चड्ढा, तर…
काठमाडौं । आमिर खानको फिल्म ‘लाल सिंह चड्ढा’ लगातार चर्चामा छ । फिल्मले मिश्रित प्रतिक्रिया पाएको छ भने आमिरविरुद्ध दिल्ली प्रहरीमा उजुरी पनि परेको छ । उनको फिल्मलाई लगातार बहिष्कार गर्ने कुरा यसको रिलिज अघि नै चलिरहेको छ।
अद्वैत चन्दनले निर्देशन गरेको यो फिल्ममा शाहरुख खानले क्यामियो गरेका छन् । शाहरुखको सानो भूमिकाको चर्को चर्चा भइरहेको छ । तर के तपाईलाई थाहा छ कि वर्षौं पहिले शाहरुखलाई ‘लाल सिंह चड्डा’ बन्नेवाला थिए ।
आमिर खानले हलिउड फिल्म ‘फरेस्ट गम्प’ को अधिकार प्राप्त गर्न आफू र उनको टोलीलाई निकै कठिन भएको बताए । करण जोहरको शो ‘कफी विथ करण ७’ मा आमिर खानले यो फिल्मको योजना बनाउन ७ वर्ष लागेको बताएका थिए । उनले अभिनेता अतुल कुलकर्णीले दुई सातामै फिल्मको पटकथा लेखेको पनि बताए । तर कमैलाई थाहा छ कि शाहरुख खान ‘फरेस्ट गम्प’ को रिमेकको नायक बन्न लागेका थिए ।
रिपोर्टका अनुसार बलिउडले ९० को दशकदेखि क्लासिक फिल्म ‘फरेस्ट गम्प’को रिमेक गर्ने मौका खोजिरहेको थियो । फिल्म ‘कभी हा कभी ना’का निर्देशक कुन्दन शाहले शाहरुख खानलाई टम ह्याक्सको फिल्मको हिन्दी रिमेकको अफर गरेका थिए । तर त्यतिबेला फिल्मको अधिकार पाउन निकै ठूलो र गाह्रो कुरा थियो । यो फिल्म बनाउनका लागि निर्माताले केही आवश्यक परिवर्तन गर्नुपर्ने पनि बताइएको छ ।
वास्तवमा कुन्दनले अनिल कपूरलाई फरेस्ट गम्पको हिन्दी रिमेकको प्रस्ताव राखेका थिए। तर, रचनात्मक भिन्नताका कारण अनिलले त्यसलाई छोडे । यसपछि कुन्दन शाह शाहरुख खानकहाँ पुगे । पछि निर्माण समस्याका कारण फिल्म रोकियो र बलिउडको यो ठूलो सपना अधुरो रह्यो ।
हालै ‘लाल सिंह चड्ढा’का निर्देशक अद्वैत चन्दनले यो रिमेक बनाउने आइडिया निर्देशक कुन्दन शाहलाई दिएको खुलासा गरेका थिए । यो फिल्म ९० को दशकमा बनेको थिएन तर अहिले आमिर खानले बनाएका छन् । फिल्ममा शाहरुख खानको क्यामियोलाई पनि निकै रुचाइएको छ । यो भन्दा ठूलो कुरा के हुन सक्छ ?







डिसी नेपाल







Facebook Comment