एलन मस्क आफैंले आफ्नो ‘सेक्स टेप’ सार्वजनिक गरेपछि…

डिसी नेपाल
२८ साउन २०७९ १३:२०
2.5k
Shares

काठमाडौं । टेस्लाका सीईओ एलन मस्कले ट्विट गरेर शेयर बजारदेखि ठूला कम्पनीको मूल्य हल्लाउने गरेका छन् । उनको भर्खरको एउटा ट्विटलाई मानिसहरुले निकै रमाइलो मानिरहेका छन् । प्रयोगकर्ताहरूले पनि मस्कको रचनात्मकताको प्रशंसा गरिरहेका छन्।

विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले ट्वीटरमा एउटा तस्बिर सेयर गरेका छन् । तस्बिरमा, काठको भुइँमा दुईवटा सेतो टेपहरू देखिन्छन्।

तस्बिर सेयर गर्दै मस्कले लेखे– के तपाईले मेरो सेक्स टेप हेर्नुभयो ? मस्कले पोस्ट साझा गरेको केही घण्टा मात्र भएको छ र यो भाइरल भइरहेको छ। यसलाई अहिलेसम्म २ लाखभन्दा बढीले लाइक गरेका छन् । पोस्टमा करिब २० हजार मानिसले रिट्विट गरेका छन् भने ११ हजारभन्दा बढीले कमेन्ट गरेका छन् ।

मस्कको पोष्टमा टिप्पणी गर्दै, मानिसहरूले हास्यास्पद फोटोहरू सेयर गरिरहेका छन् र आफैंले संवेदनशील सामग्रीलाई फ्ल्याग गरिरहेका छन्। एक व्यक्तिले एलन मस्कको शर्टलेस फोटो पनि साझा गरे, जुन हालैको छुट्टीको समयमा खिचिएको थियो। तस्बिर सेयर गरेपछि व्यक्ति आफैले नग्न सामग्रीलाई फ्ल्याग गरे।

धेरै जसो प्रयोगकर्ताहरूले कमेन्टमा मिम साझा गरेको र त्यसपछि यसलाई आफैं फ्ल्याग गरेको देखिन्छ। यसले अन्य प्रयोगकर्ताहरूलाई मस्कको वयस्क सामग्री साझा गरेको महसुस गराउँछ।

हालै, गुगलका सह-संस्थापक सर्गेई ब्रिनकी पत्नी निकोल शानाहानसँग एलोन मस्कको अफेयरको खबर आएको थियो। तर, मस्कले उक्त दाबीलाई अस्वीकार गर्दै लामो समयदेखि यौनसम्पर्क नगरेको बताए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *