मनिष डांगीले बहराइनको दोस्रो डिभिजन लिग खेल्ने
काठमाडौं। नेपाली राष्ट्रिय टिमका फरवार्ड मनीष डाँगी बहराइनको दोस्रो डिभिजनको इतिहाद अल रिफ क्लबमा अनुबन्ध भएका छन्।
क्लबले इन्स्टाग्राम पोस्टमा सूचना राख्दै मनिषलगायत खेलाडीलाई अनुबन्ध गरेको हो। गत सिजन मछिन्द्र क्लबबाट सहिद स्मारक ए डिभिजन लिग जितेका मनीष राष्ट्रिय टिमका मुख्य सदस्य हुन्।
दक्षिण कोरियामा हुर्किएका मनीष नागरिकता बनाउन आएका बेला खालीबारी क्लबबाट खेल्दै नेपाली फुटबलमा डेब्यू गरेका थिए।
सहिद स्मारक ए डिभिजन लिग नै नखेली राष्ट्रिय टिममा पुगेका मनीष गत अक्टोबरमा नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुग्दा महत्त्वपूर्ण सदस्य थिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment