लिभरपुल लगातार दोस्रो बराबरीमा
काठमाडौं। लुइस डियाजको गोलमा लिभरपुल सोमबार राति इंग्लिस प्रिमियर लिग अन्तर्गत क्रिस्टल प्यालेससँग हारबाट जोगिएको छ। घरेलु मैदान एनफिल्डमा १-० ले पछि परेको लिभरपुललाई डियाजले उद्दार गरेका हुन् । खेलको ३२औँ मिनेटमा प्यालेसका वलफ्रिड जहाले गोल गर्दै अग्रता लिए।
यसपछि लिभरपुल ५७औँ मिनेटमा १० खेलाडीमा सिमित भयो। यसै सिजन अनुबन्ध भएका डार्बिन नुनेजले रातो कार्डको सामना गरे। खेलको ६१औँ मिनेटमा डियाजले गोल गर्दै लिभरपुललाई हारबाट जोगाए। लगातार दोस्रो बराबरसँगै लिभरपुल दुई खेलबाट दुई अंक बोक्दै १२ औँ स्थानमा छ। यसअघि लिभरपुल पहिलो खेलमा फुलहमसँग २-२ को बराबरीमा रोकिएको थियो ।
यस्तै, प्यालेस पहिलो अंक जोड्दै १६औं स्थानमा छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment