अन्तर्राष्ट्रिय नेपाली समाज जापानको अध्यक्षमा प्रकाश केसी चयन
टाेकियाे। बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टीको प्रवास संगठन अन्तर्राष्ट्रिय नेपाली समाज जापानको अध्यक्षमा बागलुङ स्थायी घर भई हाल जापान बस्दै आएका प्रकाश केसी र महासचिवमा मोती गुरुङ चयन भएका छन्।
यही अगस्ट १४ तारिकमा सम्पन्न बैठकले संगठनको पूर्ण रुपमा पुनर्गठन गर्ने निर्णय गरेको हो।बैठकले प्रकाश केसीलाई अध्यक्ष चयन गरेको छ भने महासचिबमा मोती गुरुङलाई चयन गरेको हो।
त्यसैगरी बैठकले पूर्व अध्यक्षहरुलाई संरक्षक चयन गर्दै सल्लाहकार समिति पनि निर्माण गरेको छ। तत्काललाई ३५ सदस्यिय केन्द्रीय समितिको गठन गरेको वक्तव्यमार्फत जानकारी गराइएको छ।
कार्यसमिति पुनर्गठन बैठकमा, केन्द्रीय सदस्य सरिता ढकाल, संघीय परिषद सदस्य पदम ठगुन्ना, प्रवास प्रदेश समितिको कोषाध्यक्ष धनबहादुर बिकलगायतका संगठनका जिम्मेवार व्यक्तिहरुको उपस्थिति रहेको थियो।

No ads found for this position

डिसी नेपाल
Facebook Comment