पहिलो खेल वेस्ट इन्डिजलाई
काठमाडौँ। न्युजिल्यान्डलाई पाँच विकेटले पराजित गर्दै घरेलु टोली वेस्ट इन्डिजले पहिलो एकदिवसीय (ओडिआई) खेल आफ्नो पक्षमा पारेको छ। १९१ रनको लक्ष्य पछ्याएको वेस्टइन्डिजल ३९ ओभरमा ५ विकेट गुमाउँदै विजयी भयो।
वेस्टइन्डिजको जितमा शमराह ब्रुक्सले सर्वाधिक ७९ रन बनाए। यस्तै, निकोलस पुरनले २८ र शाई होपले २६ रनको योगदान गरे । न्युजिल्यान्डका ट्रेन्ट बोल्ट र टिम साउथीले समान दुई विकेट लिए।
यसअघि बुधबार राति टस हारेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्ड ४५.२ ओभरमा सबै विकेट गुमाउदै १९० रन बनायो। न्युजिल्यान्डका कप्तान केन विलियम्सनले सर्वाधिक ३४ रन बनाए। यस्तै, मार्टिन गुप्टिल २४ र फिन एलेन २५ रनको योगदान गरे। वेस्टइन्डिजका अकिल हुसैनले ३ विकेट लिए।
यस जितसँगै तीन खेलको शृंखलामा बेस्ट इन्डिजले १-० को अग्रता बनाएको छ। दोस्रो खेल शुक्रबार हुनेछ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment