२५ जना सवार विद्यार्थी चढेको डुंगा पल्टियो

डिसी नेपाल
२ भदौ २०७९ १४:१६
388
Shares

दाङ। दाङमा विद्यार्थी बोकेको डुंगा दुर्दटना भएको छ। राप्ती नदी तरिरहेको विद्यर्थी बाेकेको डुंगा दुर्घटना हुँदा विद्यार्थीहरू घाइतेसमेत भएका छन्। ७ जनाको क्षमता भएको डुंगामा २५ जना बसेर नदी पार गर्न खोज्दा ओभर लोडले डुंगा पल्टिएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक रञ्जु केसीले बताइन्।

क्षमताभन्दा बढी यात्रु सवार रहेकाले ओभरलोडले पल्टिएको देखिएकाे उनले बताए। लमही नगरपालिका-९ तरुलियाबाट डुंगा चढेर राप्ती नदी पारी राजपुर गाउँपालिका-७मा रहेको मावि सिक्टामा अध्ययनरत कक्षा ६, ७ र ८ कक्षाका विद्याथीहरू सवार डुंगा दुर्घटनामा परेको हो।

दाङ प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले विद्यालय समयमा डुंगा पल्टिदा २५ जना विद्यार्थी नदीमा खसेको र त्यसमध्ये तीन जना विद्यार्थीले बढी पानी खाएका कारण उपचार भइरहेको बताए।

लमही नगरपालिका- ९ तरूलियाका सिक्टा माविमा कक्षा ६ मा अध्यनरत १३ वर्षीय मनिष विक, १२ वर्षीया रीमा राम्जाली, कक्षा ९ मा अध्ययनरत १६ वर्षीय सन्दीप विकको स्थानीय मेडिकलमा उपचार भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.