हास्यकलाकार राजु श्रीवास्तवको स्वास्थ्य बिग्रियो, ब्रेन डेड अवस्थामा

डिसी नेपाल
२ भदौ २०७९ १५:५०
6.4k
Shares

काठमाडौं । कमेडियन राजु श्रीवास्तवको बारेमा ठूलो खबर आएको छ । उनको अवस्था पहिलेको भन्दा खराब भएको बताइएको छ । उनको मस्तिष्क लगभग मृत अवस्थामा पुगेको छ। राजुका प्रमुख सल्लाहकार अजित सक्सेनाले यो जानकारी दिएका छन् । उनले भने ‘अहिले हामी सबै भगवानको भरोसामा छौं, उनले केही चमत्कार गरुन् ।’

एम्समा भर्ना भएका राजु श्रीवास्तवको मामलामा यो खबर साँच्चै चिन्ताजनक छ। उनका प्रमुख सल्लाहकार अजित सक्सेनाका अनुसार आज बिहान चिकित्सकले राजुको मस्तिष्कले काम नगरेको जानकारी दिएका छन् । मस्तिस्क लगभग डेडको अवस्थामा छ । मुटुमा पनि समस्या छ । अजित सक्सेनाले भने ‘हामी सबै समस्यामा छौं। सबैले भगवानलाई प्रार्थना गरिरहेका छन्। परिवारका सदस्यले पनि केही बुझ्न सकेका छैनन् ।’

अगस्ट १० मा, राजु श्रीवास्तवलाई दिल्लीको होटल जिममा व्यायाम गर्ने क्रममा हृदयघात भयो। त्यसयता उनी दिल्लीको एम्समा भर्ना छन् । राजु श्रीवास्तवलाई पछिल्लो आठ दिनदेखि होश आएको छैन । उनको उपचारमा चिकित्सकको टोली निरन्तर लागिरहेको छ । बिहीबार बिहान अभिनेता शेखर सुमनले राजु श्रीवास्तवको स्वास्थ्य अपडेट दिएका थिए । राजुको अवस्था स्थिर रहेको उनले बताए । यद्यपि, पछिल्लो रिपोर्ट अनुसार, अब यो स्थिति छैन।

शेखर सुमनले ट्वीटरमा आफू हास्य कलाकार राजु श्रीवास्तवको परिवारसँग सम्पर्कमा रहेको बताएका थिए । उनले लेखेका छन्, ‘आजको अपडेटमा राजुको स्वास्थ्य अवस्था स्थिर रहेको छ । अझै बेहोस तर स्थिर। उनलाई निको हुन अझै एक साता लाग्नेछ । उनको शिघ्र स्वास्थ्य लाभको कामना।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.