ब्याडमिन्टन टोली आज भारत जाने

डिसी नेपाल
३ भदौ २०७९ ६:५०
32
Shares

काठमाडौं। भारतमा हुने दुई फरक अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा सहभागी हुन ६ खेलाडीसहित ८ सदस्यीय नेपाली ब्याडमिन्टन टोलीलाई बिदाइ गरिएको छ । टोली आज त्यसतर्फ जानेछ।

नेपालले पहिला हैदरावादमा हुने इन्डिया इन्टरनेसनल सिरिजमा भाग लिने छ। पुरुष खेलाडीमा प्रीन्स दाहाल, क्षितिज खनाल र हिमाल चन्द तथा महिलामा रशिला महर्जन, रोज पाण्डे र विष्णा विष्ट रहेका छन्। प्रशिक्षकमा राजेशप्रताप शाक्य तथा व्यवस्थापकमा जीवनसिंह कुँवर छन्। प्रतियोगिता अगष्ट २३ देखि २७ तारिखसम्म हुनेछ।

यहि टोली पुणेमा अगष्ट २९ देखि सेप्टेम्बर ४ तारिखसम्म हुने इन्डिया जुनियर ग्राँ पिमा सहभागी हुनेछ। दुवै प्रतियोगितामा नेपालले पुरुष/महिला सिंगल्स/डबल्स र मिक्स डबल्मा गरी ५ स्पर्धामा सहभागिता जनाउने नेपाल ब्याडमिन्टन संघका सचिव नवीनविक्रम शाहले जनाएका छन्।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठलगायतले बिदाइ गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *