यस कारण शुक्रबार महत्त्वपूर्ण

डिसी नेपाल
३ भदौ २०७९ ६:५९
88
Shares

काठमाडौं। हिन्दु धर्मशास्त्र अनुसार प्रत्येक दिनको महत्व फरक छ। यही फरक महत्वलाई बुझ्न सके दैनिकी सहज बन्ने छ। हरेक दिन जसतै शुक्रबारको पनि आफ्नै महत्व र विशेषाता छ। शुक्रबारको दिनमा मुख्यतया शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना हुने गर्दछ।

शुक्रबार गायन, मणि, रत्न, हिरा, सुगन्ध, बस्त्र, उत्साह, अलंकार, बाणिज्य, व्यापार, गाईबस्तु किनबेच गर्नु, द्रव्य भण्डारण गर्नु र संचय गर्नु तथा कृषि कार्य यस बारमा शुभ मानिन्छ।

यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ। माता लक्ष्मीको व्रत बसी विधिवत रुपमा पूजा आराधना गर्नुपर्ने मान्यता रहेको छ। जसले जीवनभर तपाईंको आर्थिक पक्ष बलियो बनाउन सहयोग पुर्‍याउँछ।

यो दिन व्रत लिने व्यक्तिले फलाहारका रुपमा चना र सख्खर प्रयोग गर्नु उत्तम हुनेछ। व्रतमा अमिलो खानु ठूलो त्रुटी हुनेछ। साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ। धार्मिक रुपमा शुक्रबार तीन किसिमको व्रत तथा पूजा गरिन्छ।

यीनीहरुको व्रत विधि भने अलगअलग हुन्छन्। यो दिन सेतो कपडा लगाउनु पर्छ। शुक्रबार घरमा खीर बनाएर गरिबलाई बाँड्नाले घरको भण्डार भरिने विश्वास छ। शुक्रबारको दिन सन्तोषी माताको व्रत बस्ने पुरुष तथा स्त्रीले सुखशान्ति तथा मनोकांक्षा पूरा हुनेछ।

शुक्र ग्रहले पीडित हुँदा शान्तिका लागि सेतो रंगको घोडा दान गर्नुपर्दछ। रंगीन वस्त्र, रेशमी कपडा, घिऊ, सुगन्ध, चिनी, खाद्य तेल, चन्दन, कपुरको दानले शुक्र ग्रहको विपरित दशामा सुधार हुनेछ। शुक्रसँग सम्बन्धित रत्नको दानले पनि लाभ मिल्नेछ। शुक्र ग्रहसँग सम्बन्धित दशाले समस्याग्रस्त हुनुहुन्छ भने शुक्रबारको दिन व्रत बस्नु पर्दछ।

शुक्रबार के-के काम गर्दा सफलता मिल्छ ?

ज्योतिषशास्त्र भनेको सौर्यमण्डलमा रहेका ताराहरू र ग्रहहरूको आपसी सम्बन्धबाट प्राप्त हुने किरण अथवा तरंगलाई सूक्ष्म गणितीय सूत्रबाट अध्ययन गरेर त्यसको यस पृथ्वीमा विद्यमान जड र चेतनमाथि पर्ने प्रभावको अध्ययन र विश्लेषण गर्ने अद्वितीय विज्ञान हो ।

ज्योतिषशास्त्र वेदको आँखाका रूपमा रहेको कुरा सर्वविदितै छ । के तपाईं कुनै काम गर्दै हुनुहुन्छ वा गर्ने सोचाइमा हुनुहुन्छ रु यदि हुनुहुन्छ भने दिन, बार, नक्षत्र र राशि सबै मिलाएर काम गर्दा तपाईंलाई सफलता मिल्छ । त्यसैले मानिहरूले कुनै पनि शुभकार्य गर्दा दिन हेराएर मात्रै गर्ने गरेको पाइन्छ । हिन्दुधर्म शास्त्रअनुसार तपाईंको खानपान, हिँडडुल, कामको सुरुवातलगायत विषयहरूमा तपाईंले बार र समयलाई ख्याल गरेर यी काम गर्दा फाइदा पुग्छ ।

कुनै पनि शुभ कार्य गर्नुपर्दा सबैभन्दा पहिले गणेशको पूजा गर्नुपर्ने हुन्छ । ज्योतिषशास्त्रअनुसार शुक्रबार के-के काम गर्दा सफलता मिल्छ भन्ने बारेमा तल प्रस्तुत गरिएको छ।

यस्तै शुक्रबार महाकालीको पूजाबाट मिल्छ तुरुन्त लाभ । कालीको साधना र उपसनालाई निकै प्रभावशाली मानिन्छ । माता कालीको पूजा आरधनाबाट तुरुन्तै परिणाम दिने विश्वास गरिन्छ । उनीप्रति विश्वास र श्रद्धा गर्नेको जीवन निकै सुखमय हुने विश्वास गरिन्छ । शुक्रबार देवीको विभिन्न रुपका पूजा आराधाना गर्ने गरिन्छ। माता कालीको साधना संन्यासी र तान्त्रिकहरू पनि गर्ने गर्छन् । माता कालीका भक्तहरु मान्ने गर्छन् कि माता कालीले कालको संहार गर्ने र मोक्ष प्रदान गर्ने गर्छिन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *