चेक बाउन्स मुद्धामा कांग्रेस प्रदेश क्षेत्रिय सभापति पक्राउ

डिसी नेपाल
३ भदौ २०७९ १०:११
436
Shares

भक्तपुर। चेक बाउन्सको मुद्दामा नेपाली कांग्रेसका  प्रदेश क्षेत्रीय सभापति उद्धवबहादुर खड्का पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर भक्तपुरले नेपाली कांग्रेस काठमाडौं निर्वाचन क्षेत्र नम्बर (२) का सभापति उद्धवबहादुर खड्कालाई बिहीबार साँझ पक्राउ गरेको हो।

भक्तपुर प्रहरीका अनुसार पुरुषोत्तम पाण्डेले दिएको चेक बाउन्सको उजुरीका आधारमा खड्कालाई गोठाटारबाट पक्राउ गरिएको हो।

सभापति खड्काले पाण्डेलाई तिर्नुपर्ने ३४ लाख ५० हजार रकम नतिरी उल्टै धाक धम्की दिई हिँडेको भन्दै प्रहरीमा उजुरी परे पछि बिहिवार साँझ उनलाई पक्राउ गरिएको हो। पक्राउ परेका खड्कामाथी अनुसन्धान जारी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.