राजु श्रीवास्तवको स्वास्थ्यलाई लिएर विभिन्न दाबीहरुका बीच श्रीमती शिखाले बताइन् पछिल्लो अवस्था
काठमाडौं । हास्यकलाकार राजु श्रीवास्तवकी श्रीमती शिखा श्रीवास्तवले श्रीमान्को अवस्था स्थिर रहेको र चिकित्सकहरुले उनको उपचारका लागि सक्दो प्रयास गरिरहेको बताइन् । शिखा श्रीवास्तवले आफ्नो श्रीमान् लडाकु हुन् र हामी सबैको बीचमा फर्किने बताइन् ।
राजु श्रीवास्तवलाई अगस्ट १० मा हृदयघात भएको थियो, त्यसपछि उनलाई दिल्लीको एम्स अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो। समाचार एजेन्सी पीटीआईसँग शिखा श्रीवास्तवले उनका श्रीमान्को अवस्था स्थिर रहेको र डाक्टरहरूले उनको राम्रो उपचार गरिरहेको बताइन्।
उनले भनिन्, “उहाँको अवस्था स्थिर छ। डाक्टरहरूले उहाँको राम्रोसँग उपचार गरिरहेका छन्। राजु जी एक लडाकु हुनुहुन्छ र उहाँ हामी सबैको बीचमा फर्कनुहुनेछ। हामीलाई तपाईंको प्रार्थना र शुभकामना चाहिन्छ।”
शिखा श्रीवास्तवले जनतालाई अफवाह नफैलाउन अपिल पनि गरेकी छन् । यसले आफ्नो मनोबलमा असर पर्ने उनको भनाइ छ ।
शिखा श्रीवास्तवले भनिन्, “मेरो विनम्र अनुरोध कृपया अफवाहहरू नफैलाउनुहोस्। यसले हाम्रो मनोबललाई असर गर्छ। हामी नकारात्मक ऊर्जा चाहँदैनौं, हामी सकारात्मकता चाहन्छौं। कृपया उहाँको शीघ्र स्वास्थ्यलाभको लागि प्रार्थना गर्नुहोस् र उहाँ छिट्टै फर्कनुहुनेछ। डाक्टरहरूले सम्भव सबै प्रयास गरिरहेका छन्। अनि राजुजीले साथ दिइरहनुभएको छ । त्यसैले नकारात्मकता नफैलाउनुहोस्।”
यसै क्रममा समाचार एजेन्सी एएनआईले स्रोतलाई उद्धृत गर्दै राजु श्रीवास्तवको स्वास्थ्यमा सुधार नगण्य रहेको र उनी अझै अचेत अवस्थामा रहेको बताएको छ ।







डिसी नेपाल







Facebook Comment