नारायणकाजी श्रेष्ठको नेतृत्वमा १७ सदस्यीय निर्वाचन घोषणापत्र मस्यौदा समिति गठन

डिसी नेपाल
४ भदौ २०७९ १८:२५
72
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा १७ सदस्यीय निर्वाचन घोषणापत्र मस्यौदा समिति गठन गरेको छ ।

शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले वरिष्ठ उपाध्यक्ष श्रेष्ठको नेतृत्वमा मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि १७ सदस्यीय निर्वाचन घोषणापत्र मस्यौदा समिति गठन भएको माओवादी केन्द्रका एक नेताले जानकारी दिए ।

समितिमा देव गुरुङ, गिरिराजमणि पोख्रेल, वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत, लीलामणि पोख्रेल, गणेश साह, परशुराम तामाङ, अमृता थापा, पर्शुराम रम्तेल, जगत सिम्खडा, जाकिर हुसेन, हरि रोका, मिनबहादुर श्रेष्ठ, मिरा ढुंगाना र कृष्ण चौधरी छन् ।

यसैगरी, पार्टी अध्यक्ष पुष्पकमल दाहालले प्रस्ताव गरेको पदाधिकारीको नाम सर्वसम्मत पारित भएको छ ।

बैठकमा अध्यक्ष दाहालले महासचिवसहित २१ सदस्यीय पदाधिकारीहरुको नाम प्रस्ताव गरेका थिए । उक्त प्रस्ताव बैठकले सर्वसम्मत रुपमा पारित गरेको हो ।

वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरा साथै उपमहासचिवमा गिरीराजमणी पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भुसाल, जनार्दन शर्मा, मात्रिका यादव र शक्ति बस्नेत चयन भएका छन् ।

त्यस्तै, सचिवहरुमा दिनानाथ शर्मा, चक्रपाणी खनाल, देवेन्द्र पौडेल, लिलामणी पोखेरेल, गणेश साह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्की साथै कोषाध्यक्षमा श्रीराम ढकाल चयन भएका छन् ।

माओवादीको विधान अनुसार पदाधिकारीमा अध्यक्ष १ जना, बरिष्ठ उपाध्यक्ष १ जना, अन्य उपाध्यक्षहरु, महासचिव १ जना, उपमहासचिवहरु, सचिवहरु, कोषाध्यक्ष र सदस्यहरु रहने व्यवस्था छ। माओवादी केन्द्रले ३७७ केन्द्रीय सदस्यको टुंगो यसअघि नै लगाइसकेको छ ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.