आगामी निर्वाचनमा एमालेले वहुमत नल्याए देश वर्वाद हुने ओलीको टिप्पणी

डिसी नेपाल
५ भदौ २०७९ ६:२६
80
Shares

झापा। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर ४ गतेको निर्वाचनपछि नेकपा एमालेको सरकार बनेन भने देश झन् बर्बादीतर्फ जाने बताएका छन्।

गठबन्धनको सरकार बनेको एक वर्षमा देश तहसनहस भएको पनि उनले बताए। अध्यक्ष ओलीले आउँदो मंसिर ४ गतेको निर्वाचन देशलाई अघि बढाउन र सार्वभौमसत्ता दिलाउनका लागि महत्वपूर्ण हुने बताएका छन्।

झापाको बिर्तामोडमा प्रोग्रेसिभ इञ्जिनियर एशोसिएसन नेपालको प्रदेश भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशलाई बर्बादीबाट बचाउनको लागि आगामी निर्वाचन आवश्यक भएको बताए।

आगामी निर्वाचनपछि एमाले बाहेकको सरकार भए लोकतन्त्र नै समाप्त हुने उनको भनाइ छ। अध्यक्ष ओलीले नागरिकता संसोधन सम्बन्धी विधेयकबारे राष्ट्रपतिले पठाएको पत्रमाथि गठबन्धनले अध्ययन र छलफल नै नगरेको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *