एकैदिन मापसे गरी सवारी चलाउने २०२ जना चालकमाथि कारवाही

डिसी नेपाल
५ भदौ २०७९ १०:४७
72
Shares

काठमाडौँ। ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार ६२३ जना सवारी चालकलाई कारवाही गरेको छ। ट्राफिक नियम उल्लंघन गरेका कारण शनिबार उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने २०२, लेन अनुशासन पालना नगर्ने ४७, रेड लाइटमा सावरी साधन चलाउने १०५, निषेधित क्षेत्रमा हर्न बजाउने ८७ र नदेखिने गरी नम्वर प्लेट राख्ने २६ जना सवारी चालक रहेका छन्। यस्तै, २ हजार १५६ जना सवारी चालकलाई अन्य कारवाही गरिएको कार्यालयले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *