आजको संसद बैठक स्थगित, अर्को बैठक सोमबार दिउँसो एक बजे बस्ने
काठमाडौँ। आज विहान ११ बजेटबाट सुरु हुने भनिएको प्रतिनिधि सभा बैठक स्थगित भएको छ। नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीको हिजो निधन भएको कारण आज संसद बैठक स्थगित गरिएको हो।
प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले आज एक सुचना जारी गर्दै बैठक स्थगित भएको जानकारी दिएका हुन्। बैठक विशेष कारणवश बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम बैठक सोमबारलाई सारिएको उनले जनाएका छन्।
प्रतिनिधि सभाको अर्को बैठकल सोमबार दिउँसो एक बजे बस्ने जनाइएको छ।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment