दिवंगत कांग्रेस नेता प्रदीप गिरिप्रति अन्तिम श्रद्धाञ्जली (फाेटाेफिचर)
काठमाडौं। नेपाली कांग्रेसका दिवंगत नेता प्रदीप गिरिप्रति अन्तिम श्रद्धाञ्जली दिने क्रम जारी छ। मेडिसिटी अस्पतालको शिवालयमा राखिएको उनको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता तथा लब्धप्रतिष्ठित व्यक्तिहरु पुगेका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वराष्ट्रपति रामवरण यादव, कांग्रेस नेता शेखर कोइरालालगायतले गिरिप्रति अन्तिम श्रद्धान्जली दिएका छन्। अहिले कांग्रेस कार्यालय सनेपाका अन्तिम श्रद्धान्जलीका लागि गिरिकाे पार्थव शरीर राखिएकाे छ।

कांग्रेसका शीर्ष नेता तथा सयौंको संख्यामा कार्यकर्ता गिरीलाई श्रद्धाञ्जली व्यक्त गर्न पार्टी कार्यालय परिसरमा भेला भएका छन्। यसअघि गिरीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि मेडिसिटी अस्पताल राखिएको थियो।
आजै पशुपति आर्यघाटमा गिरीको अन्त्येष्टि गरिने तयारी छ ।







No ads found for this position

डिसी नेपाल
Facebook Comment