सुर्यविनायक नगरपालिकामा भदाै ६ गते सार्वजनिक बिदा
काठमाडौँ। सुर्यविनायक नगरपालिकाले भाद्र ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। नगरपालिकाले एक सूचना जारी गर्दै नगरपालिका वडा नं ८ स्थित डोलेश्वर महादेव मन्दिरलाई २०६६ साल भाद्र ६ गतेको दिन केदारनाथको शिर डोलेश्वर महादेवको हो भनि घोषणा गरिएको हुनाले उक्त दिन स्थानीय पर्वको रुपमा मनाउन सार्वजनिक बिदा दिइएको हो।
सो दिन नगरपालिकाको अत्यवश्यक सेवा र नगरपालिका भित्रका विद्यालयमा सञ्चालित पुर्व निर्धारित परिक्षा बाहेक नगरपालिका र मातहतका कार्यालयहरुमा सार्वजनिक बिदा दिइएको नगरपालिकले जनाएको छ।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment