आईपीओ भर्दा लाग्ने सी–आस्वा शुल्क घटाउने तयारीमा सेबोन

डिसी नेपाल
६ भदौ २०७९ ११:१३
136
Shares

काठमाडौँ। नेपाल धितोपत्र बोर्डले आईपीओ भर्दा लाग्ने सी–आस्वा शुल्क घटाउने तयारी गरेको छ। सेबोनको बसेको सञ्चालक समितिको बैठकमा सी–आस्वा शुल्क घटाउने प्रस्तावमाथि छलफल भएको छ।

सेबोनले सी–आस्वा शुल्क अधिकतममा ५ रुपैयाँसम्म लिन पाउने व्यवस्था गर्ने तयारी गरेको छ। हाल यस्तो शुल्क अधिकतममा १०० रुपैयाँ लिन पाउने व्यवस्था छ।

अहिले ४ वटा वाणिज्य बैंकहरुले निःशुल्क रुपमा सी–आस्वा सेवा प्रदान गर्दै आएका छन् भने बाँकी १० रुपैयाँदेखि १०० रुपैयाँसम्म सी–आस्वा शुल्क उठाउँदै आएका छन्। लामो समयदेखि लगानीकर्ताहरुले सी–आस्वा सेवा निःशुल्क हुनुपर्ने माग गर्दै आएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *