धौलागिरी लघुवित्तको आइपीओ बाँडफाँट हुने मिति सर्यो
काठमाडौँ। धौलागिरी लघुवित्त वित्तीय संस्थाको आइपीओ बाँडफाँट हुने मिति सरेको छ। संस्थाको आइपिओको बाँडफाँट मंगलबार नभएर अब बुधबार हुने भएको छ। संस्थाको आइपिओ बाँडफाँट मंगलवार गर्ने तयारी गरिएको थियो। तर, केही काम बाँकी रहेको हुनाले अव भाद्र ८ गते गर्ने तय भएको विक्री प्रबन्धक सनराइज क्यापिटलले जानकारी दिए।
कम्पनीको आइपीओ भर्ने अन्तिम दिनसम्ममा माग भन्दा ७०.२२ गुणा बढी आवेदन परेको छ । यस आधारमा आइपीओ गोलाप्रथाद्धारा बाँडफाँड हुनेछ । कम्पनीको आइपीओमा १९ लाख ५२ हजार ४ सय ६० जना आवेदकबाट २ करोड १७ लाख २१ हजार ५ सय ७० कित्ताको लागि आवेदन परेको हो ।
संस्थाले साउन २४ गतेदेखि प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ३ लाख ३१ हजार कित्ता आईपीओ बिक्रीमा ल्याएको थियो। संस्थाले जारी गरेको आइपिओमध्ये ५ प्रतिशत अर्थात् १६ हजार ५५० कित्ता सामूहिक लगानी कोष र ०.५ प्रतिशतले अर्थात् ५ हजार १५५ कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ। भने, बाँकी ३ लाख ९ हजार २९५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो।







डिसी नेपाल








Facebook Comment