कारोबार खुलेको ५ मिनेट नबित्दै दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। कारोबार सुरु भएको ५ मिनेट नबित्दै मन्दाकिनी हाइड्रोपावर र अपर हेवाखोला हाइड्रोपावरको सेयर भाउ बढेर सकारात्मक सर्किट लागेको हो।
मन्दाकिनी हाइड्रोपावरको सेयर भाउ ९.९९ प्रतिशतले बढेको छ भने अपर हेवाखोला हाइड्रोपावरको सेयर भाउ ९.९७ प्रतिशतले बढेको छ।
मन्दाकिनी हाइड्रोपावरको सेयर भाउ ३४ रुपैयाँ ७० पैसाले बढेर ३ सय ८२ रुपैयाँ र अपर हेवाखोला हाइड्रोपावरको सेयर भाउ २७ रुपैयाँ ३० पैसाले बढेर ३ सय १ रुपैयाँ २० पैसा पुगेको छ। मार्केट डेपमा यी दुवै कम्पनीको सेयर बिक्री माग भन्दा खरिद माग अधिक रहेको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment