नयाँ फिल्ममा बोस लेडी लुकमा चिन्नै नसकिने भए नवाजुद्दीन सिद्दीकी, हड्डीको फर्स्टलुक रिलिज

डिसी नेपाल
७ भदौ २०७९ १५:१७
968
Shares

काठमाडौं । नवाजुद्दीन सिद्दीकीको यो अवतार हेर्नुहोस् किनकि उनको नयाँ लुकले तपाइँको होस उडाउने निश्चित छ। हो, बलिउडका सबैभन्दा भर्सेटाइल अभिनेता नवाजुद्दीन सिद्दीकी चाँडै नै रिभेन्ज ड्रामा फिल्म हड्डीमा देखिने भएका छन् । फिल्मबाट उनको फर्स्ट लुक सार्वजनिक भएको छ, जसमा अभिनेतालाई चिन्न गाह्रो भइरहेको छ ।

नवाजुद्दीन सिद्दिकीको फिल्म हड्डीको मोसन पोस्टर सेयर गरिएको छ । फिल्ममा नवाजुद्दीन सिद्दीकी मुख्य भूमिकामा देखिनेछन् । पोस्टरमा नवाजुद्दीन युवतीको लुक्समा देखिएका छन्, उनले ग्रे रङको शिमरी गाउन लगाएका छन् । बोल्ड मेकअप र स्टाइलिश हेयरस्टाइलमा नवाजुद्दिनलाई चिन्न पनि गाह्रो छ। उनको हात रगतले लतपतिएको छ र रगतले लतपतिएको धारिलो हतियार छ।

मोशन पोस्टमा नवाजुद्दीन सिद्दीकीको कुर्सीमा बसेको स्टाइल देखेर तपाईले अनुमान लगाउन सक्नुहुन्छ कि नवाजुद्दीन सिद्दिकीले यो क्यारेक्टरमा आउन कत्तिको मेहनत गरेका छन् । आफ्नो क्यारेक्टरको बारेमा कुरा गर्दै नवाजुद्दीन सिद्दिकीले भने, ‘मैले धेरै फरक र रोचक क्यारेक्टर खेलेको छु, तर हड्डी सबैभन्दा अनौठो र विशेष हुनेछ, किनकि तपाईंले मलाई यो अवतारमा कहिल्यै देख्नु भएको छैन । यसले मलाई अभिनेताको रूपमा अगाडि बढ्न पनि प्रेरित गर्नेछ।

फिल्म ‘हड्ड॥’ को मोसन पोस्टर शेयर गर्दै निर्माण पक्षले फिल्मको रिलिज मिति पनि घोषणा गरेको छ । अहिले हड्डीको सुटिङ चलिरहेको छ । फिल्म अर्को वर्ष २०२३ मा रिलिज हुनेछ । नवाजुद्दीन सिद्दिकीको फिल्म हड्ड॥लाई अक्षत अजय शर्माले निर्देशन गर्दैछन् । फिल्ममा नवाजुद्दीन सिद्दीकीको भूमिका कस्तो रहनेछ भन्ने बारे केही खुलाइएको छैन । तर उनको लुक यति बलियो छ कि फ्यानहरु अहिले फिल्मको प्रतिक्षामा छन् । नवाजुद्दीनको यो लुक देखेर फ्यानहरु छक्क परेका छन् र अभिनेताको लुकलाई एपिक भनेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.