यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
८ भदौ २०७९ ८:५३
252
Shares

काठमाडौँ। नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ ४९ पैसा र बिक्री दर १२८ रुपैयाँ ०९ पैसा कायम गरेको छ।

युरोपियन यूरो एकको खरिद दर १२६ रुपैयाँ ४८ पैसा र बिक्री दर १२७ रुपैयाँ ०८ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १४९ रुपैयाँ ८४ पैसा र बिक्री दर १५० रुपैयाँ ५४ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १३१ रुपैयाँ ८५ पैसा रहेको छ भने बिक्री दर १३२ रुपैयाँ ४७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ६१ पैसा र बिक्री दर ८८ रुपैयाँ ०२ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ८४ पैसा रहेको छ भने बिक्री दर ९८ रुपैयाँ ३० पैसा छ।

जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ २७ पैसा र बिक्री दर ९ रुपैयाँ ३२ पेसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ६१ पैसा र बिक्री दर १८ रुपैयाँ ७० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ९५ पैसा र बिक्री दर ३४ रुपैयाँ ११ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ ८४ पैसा र बिक्री दर ३५ रुपैयाँ ०१ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४० पैसा छ भने बिक्री दर २८ रुपैयाँ ५४ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ४९ पैसा र बिक्री दर ९ रुपैयाँ ५४ पैसा कायम भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.