साउन महिनामा कुन नाकाबाट कति वस्तु नेपाल भित्रियो ?

डिसी नेपाल
८ भदौ २०७९ ११:५९
104
Shares

काठमाडौं। चालु आर्थिक वर्ष २०७९/८० को पहिलो पहिना साउनमा विभिन्न नाकाबाट नेपालमा १ खर्ब ३१ अर्ब २८ करोड ६० लाख ६५ हजार रुपैयाँको वस्तुहरु भित्रिएको छ।

भन्सार विभागका अनुसार सो अवधिमा २६ नाकामध्ये वीरगन्जबाट नेपालमा सबैभन्दा बढी वस्तुहरु आएको छ। वीरगन्ज नाकाबाट साउनमा ४७ अर्ब ७९ करोड ७६ लाख २३ हजार रुपैयाँको वस्तुहरु नेपाल भित्रिएको छ।

गत साउनमा भैरहवा नाकाबाट १८ अर्ब ६ करोड ९० लाख ३८ हजार रुपैयाँ, विराटनगर नाकाबाट १६ अर्ब ३५ करोड १३ लाख ५० हजार रुपैयाँ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १२ अर्ब ७६ करोड ९० लाख ७७ हजार रुपैयाँ र नेपालगन्जबाट ५ अर्ब २२ करोड ७३ लाख ९० हजार रुपैयाँको वस्तु नेपाल भित्रिएको छ।

सोही समयमा मेची नाकाबाट ४ अर्ब ९ करोड ८ लाख ८२ हजार रुपैयाँ, रसुवागढीबाट २ अर्ब ४२ करोड ३८ लाख ४६ हजार रुपैयाँ, कैलालीबाट १ अर्ब ८७ करोड ३३ लाख ३० हजार रुपैयाँ, कृष्णनगरबाट १ अर्ब ७९ करोड ४३ लाख ४५ हजार रुपैयाँ, तातोपानीबाट १ अर्ब १८ करोड ३८ लाख ३१ हजार रुपैयाँ र जलेश्वरबाट ७० करोड ४४ हजार ४० हजार रुपैयाँको वस्तु नेपाल भित्रिएको विभागले जनाएको छ।

गत साउनमा नेपालमा सबैभन्दा कम वस्तु राजविराज नाकाबाट भित्रिएको छ । सो नाकाबाट उक्त अवधिमा २९ लाख १९ हजार रुपैयाँको वस्तु नेपाल भित्रिएको विभागको तथ्याङ्कले देखाउँछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *