अवैध संरचना भत्काएपछि काठमाडौंको २५ प्रतिशत पार्किङ समस्या समाधान हुने

डिसी नेपाल
८ भदौ २०७९ १८:४०
168
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले नक्सा पास नगरी अवैध रुपमा निर्माण गरिएका संरचना भत्काउने काम सुरु गरेको छ । यसअघि कामपाले जारी गरेको ३५ दिने सार्वजनिक सूचनाको बेवास्ता गरे पनि आजदेखि अवैध संरचना भत्काउन सुरु गरिएको हो । उक्त काम सुरु गरेसँगै आगामी दिनमा २५ प्रतिशत पार्किङको समस्या समाधान हुने कामपाले विश्वास लिएको छ ।

कामपाभित्र नक्सा पास नगरी वा पास गरिएको नक्साभन्दा विपरीत रहेर निर्माण गरिएको संरचना भत्काइएको कामपाको प्रमुख बालेन्द्र साहको सचिवालय सदस्य सुनील लम्सालले जानकारी दिए ।

सुन्धारास्थित काठमाडौँ मलको अनधिकृत रुपमा बनाइएको संरचनामा आज डोजर लगाएर भत्काएको छ । त्यसैगरी प्रमुख साहको उपस्तिथिमा न्यूरोडस्थित आरबी कम्प्लेक्सले बनाएका अनधिकृत संरचना पनि डोजर लगाएर भत्काइएको छ भने आज नै दरबार मार्गमा केही त्यस्ता संरचना भत्काइने कामपाले जानकारी दिएको छ ।

त्यस्तै कामपाले बबरमहलमा रहेको जिल्ला अदालत काठमाडौँलाई नक्सा पास भएको विवरण पठाउन पनि पत्राचार गरेको छ । यसअघि नयाँ बानेश्वर क्षेत्रमा पार्किङका लागि बनाइएको स्थानमा राखिएका पसलसमेत हटाइएको स्मरण गराउँदै लम्सालले भने, “अब विगतमा झै मनोमानी चल्दैन यस कार्य नियमित रुपमा जानेछन् ।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *