चोरी गरेर अमेरिका पुर्‍याइएकाे दुर्गाको मूर्ति काठमाडौं ल्याइँदै

डिसी नेपाल
९ भदौ २०७९ ६:५१
40
Shares

काठमाडौं। न्यूयोर्कस्थित नेपालको महावाणिज्य दूतावास र न्यूयोर्कस्थित म्यानहट्टन जिल्ला न्यायाधिवक्ताको कार्यालयले संयुक्त रुपमा नेपाली पुरातात्विक वस्तु नेपाल फिर्ता गर्ने घोषणा गरेका छन्।

म्यानहट्टन जिल्ला सरकारी वकिलको कार्यालयमा आयोजित एक समारोहमा कार्यवाहक महावाणिज्यदूत विष्णु गौतमले म्यानहट्टन जिल्ला न्यायधिवक्ता एल्भिन एल ब्राग जुनियरबाट नेपालबाट चोरी भएर अमेरिका पुगेको पुरातात्विक वस्तु ग्रहण गरेका थिए।

एल ब्राग जुनियरले पुरानो नेपाली देवी दुर्गाको मूर्ति गौतमलाई हस्तान्तरण गरेका थिए। उक्त मूर्ति लगभग १४औं शताब्दीदेखि १८औं शताब्दीको बीचमा काठमाडौंमा बनेको अनुमान गरिएको छ । मूर्ति सन् १९६० मा हराएको थियो।

उक्त मूर्तिलाई गत मार्चमा एउटा लिलामी घरले लिलामीमा राखेको थियो। लिलामीमा मूर्तिको मूल्य १२ हजारदेखि १८ हजार अमेरिकी डलर राखिएको थियो । उक्त कुरा थाहा पाएपछि नेपाली महावाणिज्य दूतावासले मूर्ति नेपाल फर्काउने प्रक्रिया सुरु गरेको थियो।

सन् २०२१ मा न्यूयोर्कबाट चोरी भएका तीनवटा नेपाली पुरातात्विक वस्तु नेपाल फर्काइएको थियो। न्यूयोर्कस्थित महावाणिज्य दूतावासले छिट्टै उक्त मूर्ति पुरातत्व विभागसँग समन्वय गरी नेपाल पठाउने जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.