आजदेखि नेपाल र केन्याबीचको क्रिकेट सिरिज सुरु

डिसी नेपाल
९ भदौ २०७९ १०:३१
100
Shares

काठमाडौं।नेपाली राष्ट्रिय क्रिकेट टिम र केन्या राष्ट्रिय क्रिकेट टोलीबीचको सिरिज आजदेखि सुरू हुँदैछ।नेपाल र केन्याबीचको खेल नेपाल समयअनुसार अपरान्ह ३ः४५ बजेबाट सुरू हुनेछ।

यो सिरिज नयाँ प्रशिक्षक मनोज प्रभाकरलाई नेपाली खेलाडी चिन्न महत्वपूर्ण हुने र नेपालका लागि टी-२० वरीयता सुधार गर्ने अवसरको रुपमा हेरिएको छ।

प्रशिक्षक प्रभाकरले नेपाली टाेलीकाे जिम्मेवारी सम्हालेसँगै नेपालले केन्यामा पाँच टी-२० र तीन एकदिवसीय खेल खेल्न लागेको हो।नेपालले पहिलो आज पहिलो टी–२० खेल्दा दोस्रो खेल भदौ १० गते खेल्नेछ भने तेस्रो खेल भदौ १२ गते खेल्नेछ।

चौथो खेल भदौ १३ र अन्तिम खेल भदौ १४ गते खेल्नेछ।यस्तै तीन एकदिवसीय खेलमा नेपालले पहिलो खेल भदौ १७ गते खेल्नेछ भने दोस्रो खेल भदौ १८ गते तथा तेस्रो तथा सिरिजको अन्तिम खेल भदौ २० गते खेल्नेछ।

नेपाली टोलीः

सन्दीप लामिछाने (कप्तान) रोहित पौडेल (उपकप्तान),ज्ञानेन्द्र मल्ल, करण केसी,आसिफ शेख, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, आदिल अन्सारी, , सोमपाल कामी, बसिर अहमद, अर्जुन साउद, पवन सरार्फ, साहब आलम, किशोर महतो ,विवेक यादव ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *