बैठकमा ओलीले भने- एमालेलाई बहुमतका लागि १६ प्रतिशत मत आवश्यक

डिसी नेपाल
१० भदौ २०७९ १६:०५
176
Shares

काठमाडौं।नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बहुमतका लागि १६ प्रतिशत मत आवश्यक पर्ने बताएका छन् ।ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा शुक्रबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै ओलीले आगामी ४ मंसिरमा हुने निर्वाचनमा एमालेलाई बहुमत ल्याउन १६ प्रतिशत मत नपुग्ने बताएका हुन् ।

यसका लागि सक्रिय रुपमा एमाले सरकारले गरेका कामको प्रचारप्रसार गर्न उनले आग्रह गरे ।गठबन्धनबाट एमाले आत्तिनुपर्ने अवस्था नरहेको भन्दै उनले मनोवैज्ञानिक भयबाट मुक्त भएर मतवृद्धिका लागि निर्वाचनमा खटिनुपर्ने बताए ।

स्थानीय तहको नतिजालाई आधारमा मानेर ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको रणनीति बनाउनुपर्ने बताएका अध्यक्ष ओलीले एमालेविरुद्धको घेराबन्दी र षड्यन्त्र सतहमा हेर्दा चुनौतीपूर्ण देखिए पनि यो अभेद्य रहेको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.