छमछमी नाच्दै कमल थापाले भने- मकवानपुरे जनताले मलाई न्याय गर्छन्
हेटौंडा। मकवानपुरको हेटौंडामा राप्रपा नेपाल आबद्ध महिला संगठनद्वारा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष कमल थापा महिला दिदिबहिनीहरुसँग धक फुकाएर छलछमी नाचेका छन् । नृत्यमा पनि सौख भएका थापा सांस्कृतिक पर्व तिजको शुभकामना दिने भन्दै आज हेटौंडा पुगेका हुन् ।
तिजको शुभकामना दिन हेटौंडा पुगेका थापाले मंचको भरपुर सदुपयोग गर्दै राजनीतिक भाषण गरे । घुमाउरो भाषामा आसन्न निर्वाचनमा आफू उम्मेदवार हुने, सबैले सहयोग गर्ने र जित्ने समेत थापाले आज उद्घोष गरे ।
‘ म ५० बर्ष देखि मकवानपुरका जनताको सेवामा अबिछिन्न छु, कुनै अनैतिक र बेईमानी काम गरेको छैन, इमान्दारिता, निष्ठा र सेवा मेरो पुँजि हो, यसैको बलमा उभिएको छु, मलाई मकवानपुरका जनताको भरपुर माया र सद्भाव छ, ‘ भन्दै थापाले थपे ‘घेराबन्दी , षड्यन्त्र र अन्यायलाई मकवानपुरे जनताले सहन सक्दैनन् , म माथी त्यो भएको छ , मलाई बिश्वास छ मलाई यसपटक न्याय गर्नेछन् ।’
मकवानपुरे जनताको सुख, दुःख र बिकासमा आफू दत्तचित्त भएको भिजेको, आफ्नो उर्बर राजनितिक जीवन मकवानपुरमा नै बिताएको भन्दै थापाले महिलाहरुको हक, हित र अधिकारको संरक्षण आफ्नो प्राथमिकतामा रहेको समेत बताए । भावानात्मक भाषण कला भएका थापाले आज कुनै राजनितिक दललाई गाली गलौज गरेनन्, महिला अधिकार र मातृ शक्तिको भुमिकाको धेरै चर्चा गरे, आफू महिलाहरुको पक्षमा रहेको अभिव्यक्ति दिए ।
राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाका अनुसार आगामी निर्वाचनमा मकवानपुर-१ बाट कमल थापा उठ्ने गरि आफुहरुले सम्पुर्ण रुपमा तयारी गरेको र उनको बिजय सुनिश्चित गराउने गरि काम गर्नु आफुहरुको धर्म रहेको भन्दै थापा उठ्ने निश्चित भएको प्रतिक्रिया दिए ।







डिसी नेपाल








Facebook Comment