चीनको महिला भलिबल टोलीले खेलको क्रममा मास्क लगाए, चिनियाँ सोशल मिडियामा हलचल
काठमाडौं । चीनको राष्ट्रिय महिला भलिबल टोलीले एन-९५ मास्क लगाएर खेल खेल्दा चिनियाँ सामाजिक सञ्जालमा मानिसहरु आक्रोशित भएका छन् ।
चीनको शून्य कोविड नीति अन्तर्गत खेलाडीको स्वास्थ्यमा हानी भइरहेको भन्दै धेरैले इन्टरनेटमा आफ्नो आक्रोश व्यक्त गरेका छन् ।
खेलाडीहरूले पछि दोस्रो खेलको लागि मास्क हटाए र जिते । चीनको भलिबल संघले अनुभवको कमीका कारण यो निर्णय गरेको भन्दै पछि माफी मागेको थियो ।
यो खेल फिलिपिन्समा एसिया कपमा भएको थियो, जसमा चीनको टोली इरानसँग भिड्यो।
चिनियाँ खेलाडीले खेल खेलेको तस्बिर चाँडै भाइरल भयो। चीनको सबैभन्दा ठूलो सोशल मिडिया प्लेटफर्म वेइबोमा यसलाई १६ मिलियन भन्दा बढी हेरिएको थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment