दाङ जिल्ला निवार्चन क्षेत्र नं. २ मा पार्टीले टिकट दिए चुनाव लड्न तयार छुः घिमिरे(अन्तर्वार्ता)

डिसी नेपाल
११ भदौ २०७९ १६:५६
1.4k
Shares

आशन्न मंसीर ४ को निर्वाचनमा दाङ क्षेत्र नं २ मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका युवानेता एवम् महाधिवेशन प्रतिनिधि किरणकिसोर घिमिरेले उम्मेदवारको आकांक्षा देखाएका छन् ।उनै घिमिरेसँग समसामयिक राजनीतिक  र आगामी निर्वाचनमा उम्मेदवारीको संभावनाको बिषयमा केन्द्रित रहेर गरेको कुराकानीको सम्पादित अंशः

नेपाली कांग्रेसको सांगठनीक अवस्था कस्तो छ ?

नेपाली कांग्रेसको सांगठनीक अवस्था एकदमै राम्रो र मजवुत छ । नेपाली काँगे्रस प्रति जनलहर बढेको छ । जनताको आशा र भरोसााको पार्टी नेपाली काँगे्रस हो । जनता को सुखदुखमा साथ दिने,गाउँ, नगर, वडाको विकास गर्ने, जनचाहना अनुसार काम गर्ने पार्टी पनि नेपाली काँगे्रस हो । सांगठनीक हिसाबले दाङ जिल्ला अग्रपंक्तिमा रहेको छ । गएको स्थानीय निकायको निर्वाचनलाई हेर्ने हो भने पनि जिल्लाका १० स्थानीय निकायमा ५ स्थानीय निकाय नेपाली काँगे्रसले वहुमतका साथ जित हाँसिल गरेको छ । जनताको तन,मनमा नेपाली काँगे्रस रहेको छ । विकासपे्रमी पार्टी भनेर जनताले नेपाली काँगे्रसलाई बुझेका छन् । विगतमा भन्दा अहिले नेपाली काँगे्रसको संगठन चुस्तदुरुस्त रूपमा अघि बढेको छ ।

सरकारले मंसिर ४ गते चुनाव घोषणा गरेको छ । गठबन्धनमा सिट बाँटफाँडको विषयमा मतान्तर छ भनिन्छ नी ! वास्तविकता के हो ?

सरकारले मंसिर ४ गते संघीय संसद र प्रदेश संसदको लागि मिति सार्वजनिक गरेसँगै यस विषयमा चासो लिइनु स्वभाविकै हो । गठबन्धनका कतिपय नेताहरूले आ–आफ्ना भनाई सार्वजनिक गरिरहनु भएको छ जो उहाँहरूको नीजि विचार हो । १ सय ६५ सिट रहेको संघीय संसदमा सिट बाँटफाँड गर्दा मतान्तर हुन पनि स्वभाविकै हो । गठबन्धनका शिर्ष नेताहरूले पक्कै पनि यस विषयलाई निष्कर्षमा पु¥याउनु हुनेछ भन्नेमा हामी पूर्ण आशावादी रहेका छौं । कुन दलले कति सिट पाउने, कुन उम्मेद्वार कहाँबाट चुनाव लड्ने भन्ने विषयमा शिर्ष नेताहरूले टुङ्गो लगाउने मैले बुझेको छु । गठबन्धनका विषयमा बाहिरी हल्ला जे भएता पनि शिर्ष नेताहरू गठबन्धन प्रति ईमान्दार रहेको मेरो बुझाई छ । गठबन्धनबाट जुन दलको नेताले टिकट पाएता पनि त्यस उम्मेद्वारलाई विजयी गराउन गठबन्धनका सम्पूर्ण नेता कार्यकर्ता इमान्दार भएर चुनावी मैदानमा उत्रनु नै आजको आवश्यक्ता रहेको मेरो बुझाई हो ।

गठबन्धनकै कारण काँगे्रसले वि.पी.को सिद्धान्तलाई छोड्यो, पार्टी ओझेलमा पर्‍यो भन्ने कार्यकर्ताको भनाईलाई तपाई के भन्नुहुन्छ ?

गठबन्धन अहिलेको आवश्यकता हो । तत्कालिन प्रधानमन्त्री केपी ओलीले पटक पटक संवैधाकि ‘कु’ गर्न खाजे पछि यो गठबन्धन तयार भएको हो । देशमा अस्थिरता निम्ताउने, भ्रष्टाचारलाई बढवा दिने, जनविरोधी कार्य गर्ने काम ओलीले गरेपछि देशलाई त्यसबाट निकाश दिन पाँच राजनीतिक दलले गठबन्धन गरेको सर्वविदितै छ । नेपाली काँगे्रसले वि.पी.को विचार, आदर्श र सिद्धान्तलाई छोडेको छैन । नेपाली काँगे्रस वि.पी.को सिद्धान्तमा चलेको छ । नेपाली काँगे्रस लोकतन्त्रमा विश्वास गर्छ । त्यसले समय परिस्थिती हेरेर निर्णय पनि गर्छ, देशलाई संकटबाट जोगाउन काँगे्रस गठबन्धनमा सामेल भएको हो । अहिले सत्ताको नेतृत्व नेपाली काँगे्रसले गरेको छ । काँगे्रसको नेतृत्वमा चुनाव हुँदैछ । विरोध माथी विरोध गर्नेहरूले अहिले यो विषयलाई बढवा दिइरहेका छन् । विशेषगरी काँगे्रसको नेतृत्व पंक्तिबाट असुन्तुष्ट साथीहरूले यस विषयलाई प्राथमिकतामा राखेको मेरो बुझाई छ ।

आम कार्यकर्ताको चाहाना काँगे्रस चुनावी मैदानमा एक्लै उत्रीयोस भन्ने रहेको छ । के त्यो सम्भव छ ?

नेपाली काँगे्रस प्रति निष्ठावान कार्यकर्ताले त्यस्तो चाहाना राख्नु राम्रो हो तर समय परिस्थितीका कारण काँगे्रस सबैलाई मिलाएर लैजाने पक्षमा छ । तत्कालिन प्रधानमन्त्री के.पी. ओलीले गरेका असंवैधानिक कामको विरोधमा सहयात्री बनेका दललाई छाडेर काँगे्रस एक्लै चुनावी मैदानमा उत्रन उसको नैतिकताले दिदैन । गठबन्धनकै कारण गएको स्थानीय निकाय निर्वाचनमा देशभर रहेका ७५३ स्थानीय निकायमा ३२१ स्थानीय निकायमा काँगे्रस विजयी भएको छ र देशकै ठुलो दल बनेको छ । यो सबै गठबन्धनकै कारण भएको हो । समय परिस्थितीलाई मध्यनजर गर्ने हो भने गठबन्धन अहिलेको आवश्यकता हो र यो काँगे्रसको लागि हितकर छ ।

नेपाली काँगे्रसको आन्तरिक कलहका बीच गठबन्धनका तर्फबाट चुनावी मैदानमा उत्रनु सहज छ ?

नेपाली काँगे्रस लोकतन्त्र र प्रजातन्त्रमा विश्वास गर्ने पार्टी हो । हरेक पार्टी भित्र अन्तरकलह हुन्छ, गुट,उपगुट हुन्छ । नेता नेताबीच बैचारिक विमती हुन्छ । त्यो अन्तर कलह र बैचारिक विमतीको छलफल द्वारा टुङ्गो लगाइन्छ । अहिले देश चुनावमय भएको छ । त्यसैले चुनावका विषयमा चर्चा परिचर्चा शुरु भएका छन् । गठबन्धनले साझा उम्मेद्वार बनाएको खण्डमा त्यस उम्मेद्वारलाई विनाशर्त विजयी गराउनु गठबन्धनको धर्म हो । नेपाली काँगे्रसको केन्द्रिय कार्यसमितिको बैठकले गठबन्धनलाई निरन्तरता दिने भन्ने निर्णय गरेको छ । केन्द्रिय कार्यसमितिको निर्णयमा सबै नेता सहमत हुनुभएको छ । काँगे्रस निकट कुनैपनि नेता कार्यकर्ताबाट उम्मेद्वार माथि घात हुने छैन र उसलाई विजयी गराउनमा अहम भूमिका त्यस नेता कार्यकर्ताले खेल्नेछ भन्नेमा हामी विश्वस्त छौं ।

दाङ जिल्ला क्षेत्र नं. २ बाट संघीय संसदमा तपाईको पनि दावी रहँदै आएको छ, गठबन्धनले टिकट दिन्छ त ?

मंसिर ४ गते हुन गईरहेको निर्वाचनमा दाङ जिल्ला क्षेत्र नं. २ मा मेरो दावी रहेको छ । म २०३६ सालदेखि निरन्तर काँगे्रसको कार्यकर्ता भएर काम गरिरहेको छु । पार्टी प्रति वफादार रहँदै पार्टीले दिएको जिम्मेवारी वहन गरेको छु । काँगे्रसको संगठन निर्माणमा निरन्तर लागि रहेको छु । जनप्रतिनिधि भई काम गर्ने, जनताको सुखदुखमा साथ दिने र दाङ जिल्लाको विकास गर्ने उद्देश्य बोकी मैले टिकटको दावी गरेको हुँ । अन्य साथीहरूको पनि दावी छ होला । गठबन्धनका शिर्ष नेताहरूले जसलाई टिकट दिनुहुन्छ त्यसलाइ म सहर्ष स्वीकार गर्नेछु । पार्टीले मलाई जुन जिम्मेवारी दिनेछ त्यसलाई मैले मन, वचन, कर्मले पूरा गर्ने प्रतिवद्धता यहाँहरू माझ गर्दछु ।

तपाइँका शुभेच्छुक तथा साथीभाइलाई केही भन्नु छ ?

आउदो मंसिर ४ गते संघीय र प्रदेश निर्वाचन हुँदैछ नेपाली काँगे्रसले गठबन्धनका तर्फबाट आफ्ना उम्मेद्वार चुनावी मैदानमा उतारदै छ । गठबन्धनबाट उम्मेद्वार बन्नेहरूलाई मन, वचन, कर्मले सहयोग गर्दै विजयी गराउन हार्दिक अनुरोध गर्दछु । अहिले देश चुनावमय भएको छ । जताततै चुनावको चर्चापरिचर्चा शुरु भएको छ । यस्तो अवस्थामा गठबन्धन साथीहरूमा मतभेद हुनु राम्रो हुँदैन सबैले आ–आफ्नो क्षेत्रबाट आफूले सक्ने कार्य गर्न म सम्पूर्ण मेरो शुभेच्छुक तथा साथीभाइहरूलाई हार्दिक अनुरोध गर्दछु ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.