४० वर्षसम्म नकाटेको कपालको लम्बाइ ११० फिट, तौल १९ किलो
काठमाडौं । संसारमा अद्वितीय भएका हरेक प्रतिभा वा आश्चर्यको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा लेखिएको छ। भर्खरै लामो कपालका कारण एक महिलाको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता भएको छ ।
जानकारीका अनुसार यी महिलाले विगत ४० वर्षदेखि आफ्ना कपाललाई हुर्काउँदै आएकी छिन् र ४० वर्षदेखि उनले एकपटक पनि कपाल काटेकी छैनन् । ४० वर्षदेखि कपाल पालेकी महिलाको नाम आशा मण्डेला हो, जो फ्लोरिडाको क्लेरमोन्टकी हुन् । उनको उमेर ६० वर्ष छ ।
आशा मण्डेलाले अन्तर्वार्ताका क्रममा भनिन्, ‘म आफ्नो कपाललाई आफ्नो शाही मुकुट मान्छु ।’ गिनिज वेबसाइटका अनुसार उनले सन् २००९ मा सबैभन्दा लामो ड्रेडलक कपालको रेकर्ड पनि राखेकी थिइन्।
ड्रेडलकलाई लक्स वा ड्रेडको रूपमा पनि चिनिन्छ। तपाईंले देख्नु भएको होला कि साधु र धेरै मानिसहरूको कपाल डोरी जस्तो देखिन्छ जुन विशेष तरिकाले बनाइन्छ। तिनीहरूलाई ड्रेडलक भनिन्छ।
रेकर्ड साइटका अनुसार आशाले करिब ४० वर्षअघि ट्रिनिडाड एन्ड टोबागो आइल्याण्डबाट अमेरिकाको न्यूयोर्कमा गएर कपाल पाल्न थालेकी थिइन् । ११ नोभेम्बर २००९ मा आशा मण्डेलाको कपालको लम्बाइ ५.९६ मिटर अर्थात् १९ फिट ६.५ इन्च थियो र आज उनको कपालको लम्बाइ ३३.५ मिटर अर्थात् ११० फिट छ ।
आशा मण्डेलाको ११० फिट कपालको तौल १९ किलो छ । आशाले आफ्नो कपाललाई कपडामा बाँधेर कम्मरमा झुण्ड्याउँछिन्, यसले उनको घाँटीमा तनाव हुँदैन। आशाका पतिको नाम इमानुएल चेगे हो। उनी केन्याका एक पेशेवर लक स्टाइलिस्ट हुन् र कपालमा ड्रेडलकहरू सिर्जना गर्छन्। आशाका ड्रेडलक पनि उनका श्रीमानले नै बनाएका हुन् ।
आशाले हरेक हप्ता आफ्नो कपाल धुन एक पटकमा ६ वटा स्याम्पुको बोतल लिन्छिन् र कपाल सुकाउन पूरा दुई दिन लाग्छ । यसबाहेक, उनीहरूको हेरचाह गर्न कति घण्टा लाग्छ गणना गर्न सकिँदैन।
No ads found for this position

डिसी नेपाल
Facebook Comment