चर्चित टिभी स्टारको लाश नग्न अवस्थामा नदीमा भेटियो
काठमाडौं । करिब एक सातादेखि बेपत्ता रियालिटी टिभी स्टारको शव नदीमा फेला परेको छ । रिपोर्टका अनुसार टिभी स्टारको शरीरमा केवल अन्डरवियर थियो। उनी केही समयदेखि बेपत्ता भएकी थिइन् । आमाको क्यान्सरको उपचार खर्च जुटाउन उनी यौनकार्य पनि गर्थिन् ।
रुसी रियालिटी टिभी स्टारको नाम अनास्तासिया कोचेरेभ हो । उनी रियालिटी डेटिङ शो रसियन डोम-२ मा देखा परिन्। अनास्तासियाको शव सेन्ट पिटर्सबर्गको नदीमा फेला परेको थियो । शव अनास्तासियाको भएको प्रहरीले पुष्टि गरेको छ । अहिले टिभी स्टारको मृत्युबारे अनुसन्धान भइरहेको छ । उनको मृत्युको कारण पत्ता लगाउने काम भइरहेको छ ।
रूसी टेलिग्राम न्यूज च्यानल ११२ को एक पोस्ट अनुसार, टिभि स्टार अगस्टको सुरुदेखि बेपत्ता थिइन् । ४ दिनपछि टिभी स्टारको बारेमा कुनै जानकारी नआएपछि उनकी आमाले प्रहरीमा उजुरी दिएकी थिइन् । प्रहरी अनुसन्धानका क्रममा २९ वर्षीया अनास्तासियाको शव नदीमा फेला परेको थियो । अनुसन्धानका क्रममा टिभी स्टार बेपत्ता भएदेखि नै उनको फोन अन र मस्को नजिकै रहेको पनि थाहा भएको छ ।
रुसी न्युज च्यानलले टिभी स्टारले विगत केही वर्षदेखि यौन कार्य गरिरहेको दाबी गरेको छ । रिपोर्टका अनुसार उनले आमाको क्यान्सरको उपचारका लागि पैसा जम्मा गरिरहेकी थिइन् । सन् २०१८ मा यसबारे कुरा गर्दै अनास्तासियाले भनेकी थिइन्– ‘यस काममा मलाई गर्व छैन, तर कम्तिमा मेरी आमा जीवित हुनुहुन्छ ।’
रिपोर्टका अनुसार टिभी स्टारले गत महिना मात्र आफ्नो पुरानो घर बेचेकी थिइन् र उनी रुसको अर्को कुनामा सरेकी थिइन् । इन्स्टाग्राममा अनास्तासियाका करिब १ लाख ५० हजार फलोअर्स छन् । तर विगत एक वर्षदेखि कुनै पोस्ट गरिएको छैन ।
मानिसहरूले टिभी स्टार अनास्तासियाको अन्तिम इन्स्टाग्राम पोस्टलाई श्रद्धांजलि अर्पण गरेको देखियो। एकजनाले लेखेका छन्– तिमी सधै मेरो मुटुमा रहनेछौ । अर्काले दुःख व्यक्त गर्दै लेखे- उज्यालो, शुद्ध, सानी केटी। तेस्रोले लेखे– उनी स्मार्ट थिइन् ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment