गोरी भएकै कारण पीडित अभिनेत्री
काठमाडौं । सेलिब्रेटीहरूले शोबिज उद्योगमा उनीहरूको कालो छालाको रंगका कारण समस्याहरूको सामना गरेका घटनाहरू धेरै सुनिएका छन् । तपाईले पनि धेरै पटक यस्तो समाचार सुन्नु भएको होला । तर, गोरो रङ्गका कारण उद्योगमा टिक्न गाह्रो भयो भन्ने सुन्दा अलि अनौठो लाग्छ । तपाई पनि छक्क पर्नुभयो होला, तर यस्तो भएको छ ।
पाकिस्तानकी सुन्दर अभिनेत्री मोमिना इकबालसँग यस्तो भएको छ । मोमिनाले आफ्नो करियरको शुरुवातमा धेरै गोरी भएका कारण कठिनाइको सामना गर्नुपरेको थियो। अहिले मोमिनाले एक अन्तर्वार्तामा यसबारे खुलेर कुरा गरेकी छिन् । पाकिस्तानी अभिनेत्रीले भनिन्, – जब उनी उद्योगमा प्रवेश गरेकी थिइन्, उनको लुक्स र गोरो रंगले सहअभिनेत्रीलाई समस्या भएको थियो । धेरै पटक अभिनेत्रीहरू मोमिनासँग दृश्यमा देखिन चाहँदैनथे।
मोमिनाले भनिन्- ‘मेरा सह-कलाकारहरू मसँग दृश्यमा कुनै पनि कोणबाट देखिन चाहँदैनथे। उनीहरूले दृश्यमा मेरो हात समात्न पनि चाहेनन्। मेरो हात समात्दा पर्दामा कालो देखिनेछु भन्ने उनीहरूलाई लाग्थ्यो ।’ जसका कारण मोमिनाको सह–अभिनेत्रीसँगको अनस्क्रिन केमेस्ट्री प्रभावित भएको थियो । उद्योगमा पहिले यस्तो हुने गरेको मोमिनाले बताइन् । तर अहिले त्यस्तो छैन । मोमिनाले सुरुमा आफुलाई रोल मिल्ने गरेको बताइन्, त्यसपछि मानिसहरुले प्रतिभाका कारण होइन सौन्दर्यका कारण भूमिका पाएको बताए । यस्ता कमेन्ट सुनेर घर गएर रुन थालिन् ।
मोमिनाले करियरको सुरुवातमा निकै सचेत रहेको बताइन् । पहिले आफ्नो समस्या देखेर भाग्ने गर्दथिन् तर अहिले बलियो बनेकी छिन् । मोमिनाले आफ्नो करियरमा धेरै कुरा र टिप्पणी सुन्नुपर्यो । मोमिनाले आफूले धेरै सोचेको बताइन् । मोमिना पाकिस्तानकी चर्चित अभिनेत्री हुन् । उनी धेरै हिट शोमा देखा परेकी छिन् । मोमिना एहद-ए वफा, अजनबी लगे जिंदगी, इश्क में काफिर, खुदा और मोहब्बत सिजन ३, मेरे हमनशींमा देखिइन् । उनले सिरियल पार्लर गर्लबाट अभिनयमा डेब्यु गरेकी हुन् ।







डिसी नेपाल







Facebook Comment