साढे ८ घण्टापछि खुल्यो नारायणगढ-मुग्लिन सडक खण्ड
चितवन। पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक खण्ड दुईतर्फी सञचालनमा आएको छ। आज दिउँसो साढे २ बजेबाट सडकखण्ड दुईतर्फी सञचालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
आज बिहान करिब ६ बजेदेखि नै नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत पर्ने केराबारीमा गएको पहिरोले सडक अवरुद्ध बनेको थियो । सडक अवरुद्ध हुँदा सयाैँ सवारी साधनहरु सडकमै रोकिएका थिए। अहिले सडक खुलेसँगै सवारी साधनहरु गन्तव्यतर्फ लागेका छन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment