एसिया कप क्रिकेटः श्रीलंका सुपर चारमा
काठमाडौँ। बंगलादेशमाथि दुई विकेटको जित हासिल गर्दै श्रीलंका एसिया कप क्रिकेट(२०२२ को सुपर चारमा स्थान पक्का गरेको छ। समूह ‘बी’बाट उपविजेताका रुपमा अगाडि बढेको श्रीलंकाले शनिबार सारजहाँमा हुने सुपर चारमा समूह ‘ए’को विजेता भारतसँग प्रतिस्पर्धा गर्नेछ।
एक सय ८४ रनको लक्ष्य पछ्याएको श्रीलंकाले निर्धारित २० ओभरको तीन बल बाँकी रहँदै आठ विकेट गुमाएर विजयी भयो। कुशल मेन्डिसले ३७ बलमा सर्वाधिक ६० रन बनाए। कप्तान डुसान शानाकाले ४५ रन जोडे। यस्तै, पाथुम निसांकाले २० रन बनाए । बंगलादेशका इबादत होसेनले तीन विकेट लिए।
बंगलादेशले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ८३ रनको योगफल तयार गरेको थियो। बंगलादेशका लागि अफिफले ३९ तथा महमुदुल्लाहले २७ रन थपे। ओपनर मिराजले २६ तथा साकिब अल हसनले २४ रनको योगदान गरे। श्रीलंकाका वानिन्दु हसरंगा डा सिल्भा र र चामिका करुणारत्नेले समान दुई विकेट लिए।
समूह ‘बी’बाट अफगानिस्तान सुपर चारमा प्रवेश गरिसकेको छ। समूह ‘ए’अन्तर्गत शुक्रबार पाकिस्तान र हङकङबीच हुने अन्तिम खेलको विजेता दोस्रो टोलीका रुपमा सुपर चारमा पुग्नेछ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment