कोरोनाका कारण एकैदिन तीन जनाको मृत्यु, देशभर २०६ जना संक्रमित थपिए

डिसी नेपाल
१७ भदौ २०७९ १६:४५
28
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८६९ जनामा परीक्षण गर्दा २ सय ६ जनामा संक्रमण पुष्टि भएको हो ।

१ हजार ५९५ पीसीआर परीक्षण गरिएकोमध्ये १३४ जनामा र १ हजार २७४ एन्टीजेन परीक्षण गरिएकोमा ७२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा ३ सय ९८ जना संक्रमण मुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या २ हजार ८९१ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप तीन जना संक्रमितको मृत्यु भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.