दीक्षालयले हात पार्याे युरो कप अन्तरविद्यालय बास्केटबलको उपाधि
काठमाडाैं। बुढानिलकण्ठ नगरपालिकास्थित कपनमा रहेकाे दीक्षालय स्कुलले युरो कप अन्तरविद्यालय बास्केटबलको उपाधि हात पारेकाे छ।
पुरुषतर्फ १८ वटा र महिलातर्फ ११ वटा विद्यालय सहभागी उक्त प्रतियोगितामा महिलातर्फको काष्टमण्डप माविलाई १०-२३ अंकले हराउँदै दीक्षालय स्कूलले उपाधि हात पारेकाे हाे। सो प्रतियोगितामा दीक्षालय स्कुलकी पेम्बा शेर्पा उत्कृष्ट खेलाडी घाेषित भइन्।
नेपाल बास्केटबल एसोशियसनका सदस्य सचिव नरेन्द्र थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा विजेताहरूलाई ट्रफी, मेडल र प्रमाण पत्र वितरण गरिएको थियो। प्रतियोगितामा उपत्यकाका ३० वटा विद्यालयले सहभागिता जनाएका थिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment