साथीको घरमा फिल्म हेरे, साथीकाे दाइको मोबाइल चोरे, पैसासँग साटेर खाजा खाएपछि…

डिसी नेपाल
१९ भदौ २०७९ १३:२४
432
Shares

भक्तपुर। बालापनमा साथीको लहलहैमा कतिखेर खराब बाटोमा प्रवेश गरिसकेको हुन्छ त्यो पत्तै पाउन सकिँदैन। यस्तै एउटा घटना भक्तपुरमा घटेको छ। जसमा बालकहरु साथीको लहडमा परेर प्रहरी हिरासतसम्म पुगेका छन्। उनीहरुले अहिले सरकारबादी फौजदारी मुद्दा समेत खेपीरहेका छन्। उनीहरुविरुद्ध भक्तपुर जिल्ला अदालतमा हाल चोरी मुद्दा चलिरहेको छ।

घटना यसरी सुरु हुन्छ- यही २७ साउनको दिउँसो १ बजे कुमार (परिवर्तित नाम) ले आफ्ना साथीहरु सुमन, हिमाल र मोहन (परिवर्तित नाम)लाई ल्यापटपमा फिल्म हेर्न बोलाउँछन्।

साथीको आग्रहलाई काट्न नसकेर उनीहरु कुमारकोमा पुग्छन्। ल्यापटपमा २ घण्टाको हारहारीसम्म हिन्दि फिल्म हेर्छन्। फिल्म देखाएको कोठामा कुमारको दाईहरुको मोबाईल समेत चार्ज गरि राखेको हुन्छ।

सोहीसमय कुमारका साथी मध्य एक जना मोहनले आफूसँग मोबाइल नभएको र भन्दै चार्जरबाट थुतेर २ थान मोबाईल अर्का साथी सुमनको गोजीमा राख भन्दै दिन्छन्। फिल्म सकेपछि उनीहरु बजार निस्के। होटल गएर पेटभरी खाजा खाए।

ती साथीहरु कोहीसँग पनि पैसा थिएन। होटलमा खाजा खाएको पैसा तिर्न नभएपछि उनीहरु होटलसँगै रहेको एक मोबाइल पसल पुगे। त्यहाँ हामीहरुको मोबाइल भएको र खाजा खान पैसा नभएको भन्दै पैसासँग साट्न पसलेसँग आग्रह गरे।

मोबाइल पसलेले २ हजार रुपैयाँमा मोबाइल साटे। सुमन, हिमाल र मोहन दुई हजार लिएर होटरमा खाएको खाजाको १५ सय रुपैयाँ तिरेर गाइजात्रा हेर्न गए।

केही दिनपछि उनीहरुलाई प्रहरीले पक्राउ गर्न घरघर पुगेर पक्राउ गर्यो। त्यसपछि उनीहरु अहिले सुधार केन्द्रमा बसेर मुद्दा खेपी रहेका छन्। मोबाइल पसलेले पैसा दिनुअघि शंका लागेर ती तीनै जना बालकहरुको फोटो लिएका थिए।

त्यसलगत्तै पसलेले त्यो मोबाइलसहित प्रहरी कार्यालयमा उजुरी दिन पुगेपछि मोबाइल चोरीमा उनीहरुको हातरहेको आरोपमा उनीहरु पक्राउ परेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.