आउँदो सिजन पनि चेन्नइको कप्तान धोनी नै रहने

डिसी नेपाल
१९ भदौ २०७९ १४:३३
68
Shares

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को अर्को सिजन चेन्नई सुपर किंग्सको कप्तानी महेन्द्र सिंह धोनीले नै गर्नेछन्। फ्रान्चाइजीका सीईओ काशी विश्वनाथले यसको पुष्टि गरेका छन्।

पछिल्लो सिजनमा सीएसकेले दुई पटक कप्तान परिवर्तन गरेको थियो। पहिला धोनी आफैंले कप्तानी छोड्ने निर्णय लिएका थिए र त्यसपछि रविन्द्र जडेजालाई कप्तान बनाएका थिए । खराब प्रदर्शनका कारण जडेजाले कप्तानी छाडे र अन्तिम खेलमा धोनीले कप्तानी सम्हालेका थिए ।

चेन्नई अर्को सिजनमा नयाँ कप्तानको साथ मैदानमा उत्रने बताइएको थियो । सीईओ आफैंले बयान दिएर यी हल्लालाई अन्त्य गरेका छन्। विश्वनाथले आगामी आइपिएल सिजनमा महेन्द्र सिंह धोनी चेन्नईको टिमको कप्तान हुने बताएका छन् ।

धोनी आईपीएलको सुरुवातदेखि नै सीएसकेको कप्तान थिए। उनले टोलीलाई ४ पटक उपाधि पनि दिलाएका छन् । टोलीलाई दुई वर्षको प्रतिबन्ध लगाइँदा धोनीले एक सिजन राइजिङ पुणे सुपर जाइन्ट्सको कप्तानी गरेका थिए। त्यसपछि उनले स्टिभ स्मिथको कप्तानीमा खेले। यो सिजन धोनीले मात्र २३२ रन बनाएका थिए ।

एमएस धोनी आईपीएल टोलीको कप्तानीमा अझै नम्बर १ छन् । उनले लिगका २१० खेलमा २ टोलीको कप्तानी गरेका छन्। जसमध्ये उनले १२३ खेलमा जितेका छन् । जबकि टोलीले ८६ खेल हारेको छ । यो मामिलामा रोहित शर्मा दोस्रो नम्बरमा छन् । रोहितले आफ्नो कप्तानीमा १४३ मध्ये ७९ खेल मात्र जितेका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *